काठमाडौँ नेपाली पारा तेक्वान्दो महिला खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी छिन्।

उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य पदक जितेकी हुन्।

यसअघिको टोकियो संस्करणमा उनी यहि कास्य पदकको खेलमा पराजित भएकी थिएन्। यसपटक उनले सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जित्न सफल भएकी हुन्।

उनी क्वाटरफाइनलमा शीर्ष वरीयताकी ब्राजिलकी कार्डोसो फर्नान्डेजसँग १०–८ अंकले पराजित भएकी थिइन्। त्यसपछि पलेशाले कास्यको लागि प्रतिस्पर्धा गरेकी थिइन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile