काठमाडौँ- नेपालले थाइल्याण्डमा आयोजना हुने वर्ल्ड सेपाकताक्रो च्यापियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ ।

सोपाताक्रो एशोसिएसन थाइल्याण्डको आयोजनामा आईएसटीएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप यही भदौ १६ देखि २३ गते (सेप्टेम्बर १ देखि ८ सम्म) हुँदैछ ।

वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप र ३७ औ थाइकिङ कपमा सहभागी हुन जाने १३ सदस्यीय नेपाली टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

नेपाली टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरु दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेश बहादुर महतो, चन्द्र चौधरी र सुमित्रा डंगोल सहभागी हुनेछन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *