काठमाडौँ- नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिगमा क्रिस गेलसंगै एउटै क्लबमा खेल्ने भएका छन्।
लिजेन्ड लिगको बिहीबार भइरहेको ड्राफ्टमा गुजरातको टोलीले पारसलाई टोलीमा अनुबन्ध गराएको हो ।
पारसलाई गुजरात टिमले १२ लाख ५ हजार भारतीय रुपैयामा टोलीमा अनुबन्ध गरेको हो ।
पारस आबद्ध क्लबका क्रिस गेल, असगर अफगान, लिन्डल सिमन्स लगायत रहेका छन् । यस लिगमा सुरेश रैना, इर्फान पठान, इशुफ पठान, हरभजन सिंह, रोविन उथप्पा लगायतका खेलाडीहरु रहेका छन् ।
लिजेन्ड्स लिग २० सेप्टेम्बरबाट सुरु हुनेछ।

