काठमाडौँ- साफ यु–२० च्याम्पियनसिपको फाइनल खेल सातदोबाटोस्थित (एन्फा) कम्प्लेसमै हुने भएको छ।
यसअघि एन्फाले फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाएको थियो।
फाइनलमा नेपाल र बंगलादेश बुधबार भिड्दै छन्। खेल दिउसो २:३० बजेबाट सुरु हुनेछ।
लगातारको वर्षा र दशरथ रंगशालाको भिजेको आउटफिल्डलाई मध्यनजर गर्दै फाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको एन्फाले जनाएको छ।
‘म्याच कमिशनर र रेफ्रीको यो निर्णय गरेपछि खेल सारिएको हो,’ एन्फाले बताएको छ।