काठमाडौं । नेपालकी फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन्।

योसँगै रेखा एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

गत महिना युएईको शीर्ष महिला लिग क्लब अबुधाबी काउन्ट्री क्लबमा आबद्ध भएकी रेखाले डेब्यु खेलमै गोल गरेकी हुन्।

आइतबार भएको समूहचरणको पहिलो खेलमा अबुधाबीले लाओसको योङ एलिफेन्ट्ससमाथि २–१ को जित निकाल्यो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile