काठमाडौँ- पेरिस ओलम्पिक खेलेका खेलाडीलाई नेपाल ओलम्पियन संघ (एनओए) ले शुक्रवार स्वागत गरेका छन् ।

एनओएका अध्यक्ष दीपक बिष्टसहित केन्द्रिय समितिका पदाधिकारी र सदस्यले उनीहरूलाई स्वागत गरेका थिए ।

नेपाली ओलम्पियन एनओएको स्वतः सदस्य हुनेछन् । पेरिस ओलम्पिकमा नेपालका ७ खेलाडीले भाग लिएका थिए ।
छनोट चरण पार गरेका टेबलटेनिसका स्यान्टु श्रेष्ठसहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल तथा पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले पेरिस ओलम्पिक खेलेका थिए ।

देशबाहिर रहेका स्यान्टु र एलेक्जेन्डरबाहेक सबैको स्वागत कार्यक्रममा उपस्थिति थियो ।

सन्तोषीले देशलाई प्रतिनिधित्व गर्दै ओलम्पिक परिवार सदस्य बन्दा गर्व लागेको सुनाइन् ।

एनओएका अध्यक्ष बिष्टले ओलम्पिक परिवारमा स्वागत गर्दै भविष्यमा समाजप्रतिको आफ्नो दायित्व पूरा गर्नुपर्ने जोड दिए ।

नयाँ ओलम्पियनको ओएलवाईको प्रमाणपत्रका लागि प्रक्रिया अघि बढाइने पनि बिष्टले जानकारी दिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *