काठमाडौँ- साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनल समिकरण पुरा भएको छ।

शुक्रवार भएको समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेसंगै सेमिफाइनल समिकरण पुरा भएको हो।

भारतले जित निकालेसंगै नेपाल प्रतिद्वन्धी पाएको हो। नेपाल यसअघिनै समूह ए को दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको‌ छ ।

समूह ए को विजेता नेपालले समूह बी को उपविजेता भुटानसंग खेल्नेछ।

समूह बी को विजेता भारतले समूह ए को उपविजेता बांगलादेशसंग खेल्नेछ।

नेपाल र भुटानबीचको सेमिफाइनल खेल आइतवार हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *