काठमाडौँ- पोर्चुगिच सुपरस्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले सोसल मिडिया प्ल्याटफर्म युट्युबमा आफ्नो नामको च्यानल खोल्दै किर्तीमान तोडेका छन्।

उनको युआर क्रिष्टियानो नामको च्यानल रहेको छ।

बुधबार उनले आफ्नो च्यानल खोलेको ९० मिनेटभत्रै १ मिलियन सब्स्क्राइबर पुरा गरेका हुन्। यो युट्युब इतिहासकै सबैभन्दा ठुलो उपलब्धि हो।

यसअघि यो किर्तीमान अमेरिकि युट्युबर स्मोसको नाममा रहेको थियो। उनले १८ दिनमा यो सफलता प्राप्त गरेका थिए।

रोनाल्डोको सोसल मिडियामा जम्मा ९१७ मिलियन फलोवर्स रहेका छन्। उनको एक्समा ११२.५, फेसबुकमा १७० मिलियन र इनस्टाग्राममा ६३६ मिलियन फलोवर्स रहेका छन्। उनी संसारकै सबैभन्दा धेरै फलोवर्स भएका व्यक्ति पनि हुन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile