काठमाडौँ- पारामाउन्टले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ ।
पारामाउन्टले सिनियर र जुनियर ब्वाइज दुवैमा सफलता हात पा¥यो ।
सिनियर ब्वाइजमा पारामाउन्टले आयोजक ग्रिनल्यान्ड ‘बी’ लाई २६–२२ ले पराजित ग¥यो ।
विजयी टिमका लागि अनिल तामाङले १४ अंक जोडे । जुनियर ब्वाइजमा पारामाउन्टले स्वर्णदीपलाई २१–१८ ले हरायो ।
पारामाउन्टका सुदीप तामाङले ८ स्कोर गरे ।
सिनियर गल्र्समा तेजस्वीले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–२० ले पन्छायो । तेजस्वीकी एस्थर बरुवालले ११ अंक जोडिन् ।

