काठमाडौ- आईसीसी यू–१९ पुरुष विश्वकप छनोट नेपालले आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार अप्रिल १२ देखि २१ सम्म प्रतियोगितामा गर्नेछ।
प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।
छनोट चरणको विजेता टोली २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्नेछ ।

