काठमाडौं- आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (युएइ) मा सारिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता बंगलादेशबाट युएइ सारेको हो।

महिला विश्वकप अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो। तर, बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका कारण यसअघि प्रतियोगिता अनिश्चित भएको हो।

यसैबिच आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डिसले यसअघि बंगलादेश क्रिकेट बोर्डले एउटा अविस्मरणीय कार्यक्रम आयोजना गरेको बताउदै बंगलादेशमा यसपटक विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा रहेको बताएका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *