आयोजक कन्स्टिलेसन कलेजले प्रथम कथालय÷कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार जित हात पारेको छ ।

विशाल मिलन केन्द्रको कोर्टमा कन्स्टिलेसनले बौद्धलाई ७७–४७ ले पराजित ग¥यो । कन्स्टिलेसनलका साइमन गुरुङले १७ अंक जोडे ।

ब्वाइजमै नागर्जुन एनजेवाइएसले केसीसीएस, नागर्जुन ४ ले क्याबलाई र मनास्लुले गोल्डेनगेटलाई हराए । गल्र्समा गोल्डेनगेटले बलर्स एकेडेमीलाई पाखा लगायो ।

प्रतियोगिताको ब्वाइजमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । गल्र्सको राउन्ड रोविन लिगमा ४ टिम सहभागी छन् ।

ब्वाइजमा विजेताले ५० हजार तथा गल्र्समा विजेताले ३० हजार नगद पुरस्कार पाउने छन् । फाइनल भदौ ६ गते हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *