काठमाडौँ- साबिक विजेता पिएसजीले फ्रेन्च लिगमा सुखद सुरुवात गरेको छ।
नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४-१ गोलले पराजित गरेको हो।
पिएसजीका लागि ओस्मान डेम्बेले,ले काङ,ब्रेड्ली बार्कोला र कोलो मुनाइले गोल गरे।
जितसंगै पिएसजीले तीन अंक जोडेको छ।

