काठमाडौँ- एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका सम्पूर्ण खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।
इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार ६ फ्रेन्चाइजीका मुख्य प्रशिक्षकहरूको बैठकमा भएको ड्राफ र समझदारीका आधारमा टोलीमा रहने खेलाडीको सूची सार्वजनिक गरेको जानकारी दिएको हो।
प्रतियोगितामा उषा भण्डारी काठमाडौं, सलिना श्रेष्ठ ललितपुर, अरुणा शाही चितवन, सरस्वती चौधारी गण्डकी, सुमित्रा रेग्मी कर्णाली र निरुता ठगुन्ना मधेशको मार्की खेलाडीमा रूपमा छन्।
महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्टले काठमाडौं, उत्सव खड्का ललितपुर, अर्जुन घिमिरेले चितवन, रुपेशकुमार विष्टले गण्डकी, कुमार राईले कर्णाली र भरत यादवले मधेशलेको जिम्मेवारी सम्हाल्ने छन्।
प्रत्योक टोलीमा ‘ए’ का एक, ‘बी’का चार र ‘सी’ ग्रेडका तीन जना खेलाडीलाई वर्गिकरण गरिएको छ। एक जना भने ट्यान्ड हन्टबाट समावेश गरिने आयोजकले जनाएको छ।
व्यावसायिक नेपाली खेलाडीलाई ३ श्रेणीमा विभाजन गरि न्युनत्तम मुल्य तोकिएको छ । ए श्रेणीको लागि १ लाख ५० हजार, बीको लागि १ लाख र सीको लागि ५० हजार रुपैयाँ तोकिएको छ ।

