काठमाडौ- नेपालमा हुन लागेको साफ यू-२० च्याम्पियन्ससिप खेल्नका लागि भुटानको टोलि नेपाल आइपुगेको छ।
भुटानको टोलि आज दिउसो ८:१० बजे त्रिभुवन विमानस्थल आइपुगेको हो।
प्रतियोगिता भदौँ २ गतेबाट सुरु हुनेछ।
भुटान साविक विजेता भारतसहित र माल्दिभ्ससंग समूह बी मा रहेको छ।
त्यस्तै समूह ए मा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंका रहेका छन्।
अहिलेसम्म भएको पाँच संस्करणमध्ये भारतले ३ पटक र नेपालले २ पटक उपाधि जितेको छ ।

