काठमाडौ- नेपालमा भदौ २ गतेबाट सुरुहुन लागेको साफ यू-२० च्याम्पियनसिप रंगशालामा दर्शकलाई खेल हेर्न टिकट मूल्य साधारणमा २ सय र भिआइपिमा ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।
आज विहिबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले टिकट मूल्य २०० र ५०० रुपैया रहेको बताएका छन्।
त्यस्तै सुरुवाति खेलहरु एन्फा कमप्लेक्समा साधारणतर्फ ३०० रुपैया रहेको छ।
अर्को साता हुने साफ प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ ।
उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ।
समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् ।
त्यस्तै समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

