काठमाडौ- नेपालमा भदौ २ गतेबाट सुरुहुन लागेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने भएको छ।
आज विहिबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले सुरुवाति खेलहरु एन्फा कमप्लेक्समा हुने र सेमिफानल देखिका खेलहरु दशरथमा हुने बताएका छन्।
अर्को साता हुने साफ प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ ।
उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ।
समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् ।
त्यस्तै समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

