काठमाडौ- नेपालमा हुन लागेको साफ यू-२० च्याम्पियन्ससिप खेल्नका लागि माल्दिभ्सको टोलि नेपाल आइपुगेको छ।
माल्दिभ्सको टोलि आज दिउसो १२ः१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो।
प्रतियोगिता भदौँ २ गतेबाट सुरु हुनेछ।
माल्दिभ्स साविक विजेता भारतसहित र भुटानसंग समूह बी मा रहेको छ।
त्यस्तै समूह ए मा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंका रहेका छन्।
अहिलेसम्म भएको पाँच संस्करणमध्ये भारतले ३ पटक र नेपालले २ पटक उपाधि जितेको छ ।

