काठमाडौं- गोदावरी स्टिल्स कर्पोरेट क्रिकेट लिगको पहिलो संस्करण आगामी भदौ १ गतेदेखि हुने भएको छ ।

भेट्रान्स फोर्टी प्रालीको आयोजनामा हुने कर्पोरेट क्रिकेट लिगमा २० वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन्।

बुधबार नै ‘ड्र’ मार्फत कुल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक, आइएमई ग्रुप, प्रभु बैंक, सालिको इन्स्योरेन्स।

समूह ‘बी’ मा जगदम्बा समूह, एनआइसी एसिया बैंक, युनाइटेड अजोड इन्स्योरेन्स, लुम्बिनी बैंक र क्लाउड फ्याक्ट्री छन् ।

समूह ‘सी’ मा आइसिएफसी फाइनान्स, डोग्मा ग्रुप, सानिमा जेनरल इन्स्योरेन्स, क्वेस्ट फार्मा, नेपाल एसबिआई बैंक रहेका छन्।

समूह ‘डी’ मा केआइइसी, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, अम्बे समूह र कर्मचारी सञ्चय कोष रहेका छन् ।

प्रतियोगिताको प्रत्येक्ष प्रशारण टेलिभिजनमा याक्सन स्पोर्ट्स एचडीले गर्नेछ भने युट्युबमा विकेटनेपालमा हुनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *