काठमाडौं, साउन ३० गते – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० आगामी भदौ २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा  आयोजना हुने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको अवार्डको २१औं संस्करण आयोजनाका लागि बुधबार मञ्च र मुख्य प्रायोजक गोल्छा गु्रपबीच सम्झौता भएको छ ।

यसपटक पिपल्स च्वाइस अवार्डतर्फको विजेताले गोल्छा ग्रुप यसपल्ट गोल्छाले बजारमा ल्याउन लागेको नयाँ एनएस ४०० सिरिज पल्सर बाइक पाउने भएको छ।

गत वर्ष पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी थिइन् । उनले एन २०० पल्सर मोटरसाइकल प्राप्त गरेकी थिइन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile