काठमाडौं । कोशी प्रदेश र वालिङ नगरपालिका आगामी भदौ १६ गतेदेखि सुरु हुने एन्फा महिला लिगको उद्घाटन खेलमा भिड्ने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार खेल तालिका सार्वजनिक गरेको हो।

कोशी सुर्खेतमा वैशाख ७–२० गतेसम्म भएको छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेर लिगमा आइपुगेको हो।

वालिङले भने गत संस्करण लिग खेलेको टिम हो।

प्रतियोगितामा तीन विभागीय क्लब एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सहभागिता जनाउने छन्।

लिगमा चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र वाग्मती युवा क्लब गरी १० टोलीको सहभागिता रहनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile