काठमाडौँ — पेरिस ओलम्पिक-२०२४ भव्य समापन समारोहबीच सोमबार सकिएको छ ।

अर्को संस्करणको ओलम्पिक अमेरिकाको लस एन्जलसमा सन् २०२८ मा हुनेछ ।

समापन समारोहमा नेपालको झन्डा धाविका सन्तोषी श्रेष्ठले बोकेकी छिन् ।

यसपटक नेपालबाट ६ खेलमा ७ खेलाडीको सहभागिता रहेको थियो। तर कुनै पनि खेलाडीले पहिलो चरण पार भने गर्न सकेनन्।

पेरिस ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन:
१. टेबलटेनिसको पुरुष सिंगल्समा श्यान्टु श्रेष्ठ सेनेगलका इब्राहिम दिआवसंग प्रिलिमिनरी राउन्डमा १४–१२, ११–३, ११–४ र ११–५ को सोझो सेटमा पराजित ।

२. सुटिङको महिला १० मिटर एयर राइफलमा सुस्मिता नेपाली सहभागी ४४ खेलाडी मध्ये कुल ६५४ मा ६०७.८ स्कोरसहित ४२ औं स्थानमा ।

३. पौडीको महिला २ सय मिटर फ्रिस्टायलको हित चरणमा डुवाना लामाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पूरा गर्दै सहभागी ३१ खेलाडी मध्ये ३० औं स्थानमा ।

४. पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर गाडेगार्ड शाहले ५१.९१ सेकेन्डको प्रदर्शन गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेको ।

५. ब्याडमिन्टनको पुरुष सिंगल्समा प्रिन्स दाहाल समूह ‘पी’ को पहिलो खेलमा विश्व नम्बर वान डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१–८ र २१–६ ले पराजित । दोश्रो खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसंग २१–७ र २१–५ तथा तेश्रो खेलमा ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानले प्रिन्सलाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित ।

६. जुडोको महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान सेर्बियाकी मरिका पेरिसिकसंग १०–० (इप्पोन) ले पराजित ।

७. एथलेटिक्सको महिला म्याराथनमा सन्तोषी श्रेष्ठ ७९ औं स्थानमा । विभिन्न राष्ट्रका ९१ खेलाडी सहभागी म्याराथनमा ८० जनाले मात्र निर्धारित दूरी ४२.१९५ किलोमिटर पूरा गरेको । ११ प्रतिस्पर्धीले दौड नै पूरा गर्न सकेनन् । सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरेको ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *