काठमाडौ- एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा खेलमा चर्च ब्वाइजले पारो एफसीसंग पहिलो हाफमा १-१ गोलको बराबरि खेलेको छ।
त्रीपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलको ३६औ मिनेटमा लाकेनले गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए। उनले मोसेसको असिस्टमा गोल गरेका थिए।
त्यसको २ मिनेट नबित्दै पारोका किंहा वान्चुकले गोल फर्काए।


