काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले ऐरी वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यावियन टी-१० लिग नखेल्ने भएका छन् ।

यि दुई खेलाडीलाई ड्राफ्टबाट अनुबन्ध गरे पनि भिषा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा सहभागीता नजनाउने भएका हुन् ।

नेपाली टोली भने हाल अभ्यासको लागि भारतमा रहेको छ । नेपालले भारतको बेंग्लोरमा रहेको नेसनल्स क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता अभ्यास गर्नेछ ।

भारतमा हुने अभ्यासमा रोहित, दीपेन्द्र सहित सन्दीप लामिछाने पनि रहने छैनन् । सन्दीप पनि क्यानडामा नै रहेका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *