काठमाडौ- नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।

सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि भारत प्रस्थान गरेको हो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।

नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । प्रत्येक टोलीसँग समान २ खेल्ने प्रावधान रहेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile