काठमाडौं– एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीको मार्की खेलाडी सार्वजनिक भएको छ ।

नेपाल भलिबल संघ सँगको समन्वयमा इन्फिनिटीले मार्कीको नाम‌ सार्वजनिक गरेको हो ।

मार्की खेलाडीमा अरुणा शाही चितवन, सरस्वती चौधरी गण्डकी, सलिना श्रेष्ठ ललितपुर, निरुता ठगुन्ना मधेश, उषा भण्डारी काठमाडौं र सुमित्रा रेग्मी कर्णालीबाट खेल्नेछन् ।

मार्की खेलाडी घोणषासँगै अरु खेलाडी टोलीमा भित्र्याउन ड्राफ्ट हुने आयोजकले जनाएको छ।

प्रत्येक टोलीले ३ विदेशीसहित १२ खेलाडी राख्न पाउने व्यवस्था रहेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *