काठमाडौ- नेपालकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक– २०२४ अन्तर्गत एथलेटिक्सको महिला म्याराथनमा आइतबार प्रतिस्पर्धा गरेसंगै नेपालका सबै खेलाडीको यात्रा सकिएको छ।
नेपालकी सन्तोषी एथलेटिक्सको महिला म्याराथन पूरा गर्ने क्रममा आइतबार ७९ औं स्थानमा रहेसंगै नेपालको यात्रा सकिएको हो।
उनी नेपालबाट सहभागी जनाउने अन्तिम खेलाडी रहेकि थिइन्। अन्य ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन।
टेबलटेनिसमा श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल, पौडीमा एलेक्जेन्डर शाह र डुवाना लामा तथा जुडोमा मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
यि मध्ये एलेक्जेन्डरले पुरुष १ सय मिटर फ्रिस्टायलमा ५१.९१ सेकेन्डको प्रदर्शन गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरे ।

