कम्युनिटी सिल्ड कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।
प्रिमियर लिग च्याम्पियन सिटीले शनिबार म्यानचेस्टर डर्बीमा युनाइटेडलाई हराउदै उपाधि जितेको हो।
सिटीले टाइब्रेकरमा म्यानचेस्टर युनाइटेडलाई ७–६ ले हराएको हो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरिमा सकिएको थियो।

युनाइटेडका लागि एलेजान्ड्रो ग्रानाचोले गोल गर्दा सिटीका लागि बर्नार्डो सिल्भाले गोल गरेका थिए।
यो संगै सिटीले सिजनको सुरुवात नै उपाधीबाट गरेको छ। त्यो संगै अघिल्लो सिजन सिटीले एफएकप फाइनलमा युनाइटेडविरद्ध बेहोरेको हारको बदला पनि लिएको छ ।

