काठमाडौं – नेपालको एक मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालाले फेरि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संरक्षण गर्न थाले पछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघले अनुमति दिएको छ।
परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एएफसीको आधिकारिक जवाफ माग गरेको थियो ।
एन्फाको जवाफअनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको छ ।
दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।

