काठमाडौँ- ललित मेमोरियल एन्फा यू-१८ लिगमा आज भएको पहिलो खेलमा मनाङ मरस्याङदी क्लबले एनआरटी क्लबलाई पराजित गरेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा मनाङ २-१ गोलले विजयी बन्यो।
मनाङका लागि दर्शन अधिकारि र सुजल डंगोलले गोल गरे।
एनआरटीका लागि सन्तोष गोङबाले गोल गरे।
यो जित संगै मनाङ १८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित एनआरटी १६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।

