काठमाडौँ- अर्जेन्टाइन स्टार फर्वाड युलियान अल्भारेज म्यानचेस्टर सिटीबाट कीर्तिमानी रकममा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्ध भएका छन्।

ट्रान्सफर मार्केटका वरिष्ठ पत्रकार फाब्रिजियो रोमानोका अनुसार उनी ९५ मिलियन युरोमा अनुबन्ध भएका हुन्।

सिटीले कुनै पनि खेलाडी बेचेको यो सबैभन्दा धेरै रकम हो। यसअघि कुनैपनि खेलाडी यति महंगो मुल्यमा बिकेका थिएनन्।

अल्भारेजलाई सिटीले अर्जेन्टिनाकै क्लब रिभर प्लेटबाट लोनमा १५ मिलीयन युरोमा भित्राएको थियो।

अल्भारेजले सिटीका लागि ३६ गोल गरेका छन्।

सिटीमा उनले प्रिमियर लिग र च्याम्पियन्स लिग जस्ता ठुला उपाधि जितेका थिए। त्यस्तै अर्जेन्टिनाबाट उनले फिफा विश्वकप र कोपा अमेरिका पनि जितिसकेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile