काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगको प्लेअफमा स्थान पक्का गरेको छ ।
लिग चरणको अन्तिम खेलमा टोरोन्टो मोन्ट्रियल टाइगर्ससँग ७ विकेटले पराजित भएपनि पनि प्लेअफमा स्थान पक्का गरेको हो।
टोरोन्टोले दिएको ५३ रनको लक्ष्य टाइगर्सले ११.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
टाइगर्सका लागि कप्तान टिम साइफर्टले १५, ओपनर दिलप्रित बाज्वाले १२ रन बनाए ।
टोरोन्टोका लागि जोसेन बेहराड्राफ्ट, जतिन्द्रपाल माथुरु, जुनैद सिद्धिकीले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टो ११.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो।
नेपाली कप्तान रोहितलाई भने टोरोन्टोले यस खेलमा बेन्चमा राखेको थियो ।
टोरोन्टोका लागि जतिन्द्रपाल मथुरुले सर्वाधिक १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
टाइगर्सका लागि कलिम सानाले सर्वाधिक ४, अजमतुल्लाह उमरजाइले ३ र आयान खानले १ विकेट लिए ।

