काठमाडौं । काभा महिला भलिबल नेसन्स कपको सेमिफाइनलमा आज नेपालले इरानसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने खेल साँझ ५ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल प्रतियोगिताको उपविजेता बन्दा इरान तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको थियो।

नेपाल आज इरानविरुद्ध बदला लिदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ। लिग चरणको खेलमा यसअघि नेपाल इरानसँग भने ३–२ को सेटमा पराजित भएको थियो।

आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्ने छन् ।

यी दुईबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ । भारत तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्दा श्रीलंका चौथो भएको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile