काठमाडौ- बलियो टोलि भारतलाई पराजित गरेको एकदिन बित्न नपाउदै नेपाल इरानसंग पराजित भएको छ।
भारतको तुलनामा इरानलाई केहि कमजोर टोलिको रुपमा हेरिएको थियो। भारतले इरानलाई ३-१ को सेटमा हराएको थियो।
काभा महिला भलिबल नेसन्स कपमा नेपाल इरानसंग ३–२ को सेटमा पराजित भएको छ।
राखेपको कभर्ड हलमा भएको खेलमा नेपाल इरानसंग २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ को सेटमा पराजित भएको हो।
यो नतिजासंगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । उता इरानले ७ अंक रहेको छ। भारतको पनि समान ७ अंक नै रहेको छ।
लिग चरणको अन्तिम खेलमा नेपालले सोमबार माल्दिभ्स खेल्नेछ। माल्दिभ्स यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको छ।

