काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा रहने २२ सदस्यिय नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यिय टोलीको घोषणा गरेको हो ।

क्यानडामा आयोजना हुने त्रिकोणात्मक ओडिआई सिरिजमा सहभागीता रहने बन्द प्रशिक्षणका लागि टोलीको घोषणा भएको हो ।

नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो ।

नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

घोषित नेपाली टोली

रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामागं, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile