काठमाडौँ- मछिन्द्र फुटबल क्लबले शिर्ष स्थानमा जाने लक्ष्यमा रहेको मनाङ मर्स्याङदी क्लबलाई पराजित गरेको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा मछिन्द्र ३-२ गोलअन्तरले विजयी भएको हो।

मछिन्द्रको जितमा प्रशुन तामाङले २ गोल गर्दा रोनिक राना मगरले १ गोल थपे।

मनाङका लागि दर्शन अधिकारि र अमृत बस्यालले १-१ गोल गरे।

यो जितसंगै मछिन्द्र ६ खेलमा १४ अंक जोड्दै चौथो स्थानमा कायम रहेको छ।

पराजित मनाङ समान खेलमा १५ अंकसहित तेस्रो स्थानमा झरेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *