काठमाडौ- काभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज र इरानसंग खेल्दैछ ।
हिजो भएको खेलमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल आज उच्च मनोबलका साथ कोर्ट उत्रिने छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ५ः१५ बजेबाट सुरु हुनेछ ।
लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।
एक खेल बढी खेलेको इरान ५ अंकसहित तेस्रो स्थानमा छ भने समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

