काठमाडौ- कमला पुन र मनिषा चौधरीको नेपाली जोडी भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपालले उज्वेकिस्तानको जोडीलाई शनिबार २-० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो।
नेपालले २१-१३ र २१-१२ को सेटमा नतिजा आफ्नो पक्षमा पारेको हो।

