काठमाडौ- सन् २०२० ओलम्पिकमा शिर्ष स्थानमा रहेको अमेरिका पेरिस ओलम्पिकको छैटौ दिनको खेल सकिदा दोस्रो स्थानमा उक्लिएको छ।
अमेरिकाले शिर्ष स्थानमा रहेको चीनलाई पछ्याइ रहेको छ।
चीन ११ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । साथै उसले सात रजत र छ कांस्य पदक पनि जितेको छ ।
उता अमेरिकाले ९ स्वर्ण जितेको छ । त्यस्तै अमेरिकाले १५ रजत र १३ कांस्य जितेको छ । अमेरिका समग्रमा सर्वाधिक पदक जित्ने टिम हो। उसले ३७ पदक जितेको छ।
त्यसपछि पदक तालिकामा फ्रान्स, अस्ट्रेलिया र जापान रहेका छन् ।


