काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा आज भएको छैटौ चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लबलाई चर्च बोइज युनाइटेडले पराजित गरेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा सातदोबाटोलाई चर्च बोइजले १-० गोल पराजित गरेको हो। चर्चका लागि पवन श्रेष्टले पेनाल्टीमार्फत गोल गरे।
यो नतिजासंगै चर्चले ६ खेलबाट १० अंक जोडेको छ।
त्यस्तै सातदोबाटोको समान खेलमा ४ अंक रहेको छ।

