काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि नेपालमा सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुने उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ ।
प्रतियोगितामा नेपालसंगै भारत, श्रीलंका, माल्दिभ्स र इरान गरि पाँच टोलीले काभामा प्रतिस्पर्धा गर्दैछन् । इरान भने पहिलोपटक नेपालमा आएर खेल्न आएको हो ।
सिंगल राउण्ड रोविन लिगमा आधारमा हुने खेलमा लिगको शीर्ष चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ।