काठमाडौ- पाँचौ चरणको खेलसम्म अपराजित रहेको मछिन्द्रको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा आज भएको अन्तिम खेलमा एनआरटीले मछिन्द्रलाई ३-० गोलअन्तरले पराजित गरेको हो।
सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा एनआरटीका लागि सन्तोष गोङबा,अंकित थापा र रोहन मोक्तानले १-१ गोल गरे।
यो जितसंगै एनआरटि ६ खेलमा १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।
पराजित मछिन्द्र ११ अंकमा सिमित रहेको छ।

