भारतले घरेलु टोली श्रीलंकाविरुद्धको तीन खेलको सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको छ ।
श्रीलंकालाई सुपर ओभरमा हराउँदै भारतले तीन खेलको सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्न सफल भएको हो।
सुपर ओभरमा वासिंटन सुन्दरले दुई विकेट लिँदै भारतलाई सहज अवस्थामा पुर्याएका थिए । सुपर ओभरमा श्रीलंकाले दिएको दुई रनको लक्ष्य भारतले पहिलो बलमै पुरा गर्यो।
भारतले दिएको १३८ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाउँदै बराबर गरेको थियो ।
श्रीलंकाको लागि कुशल परेराले सर्वाधिक ४६ रन, ओपनर कुलश मेन्डिसले ४३ र पाथुम निशंकाले २६ रन जोडेका थिए ।
भारतका सुन्दरसँगै रवि विश्नोइ, रिंकु सिंह र सुर्यकुमार यादवले समान दुई विकेट हात पारे ।
त्यसअघि श्रीलंकाको पालेखेलेमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।
भारतको लागि ओपनर शुभमन गिलले सर्वाधिक ३९ रन बनाए । श्रीलंकाका महिशा थिक्सेनाले सर्वाधिक ३ विकेट लिए।

