काठमाडौ- पाँचौ चरणको खेल सकिदा त्रीभुवन आर्मी क्लबले ललित मेमोरियल एन्फा यू-१८ लिगमा पहिलो जित दर्ता गरेको छ। आर्मी यसअघि मछिन्द्र फुटबल क्लब, चर्च बोइज युनाइटेड र मनाङसंग पराजित हुदा पुलिससंग बराबरिमा रोकिएको थयो।

एन्फा कमप्लेक्समा भएको खेलमा आर्मीले थ्री स्टार क्लबविरुद्ध ३-१ गोलको कमब्याक जित निकालेको हो।

थ्री स्टारका लागि रोमन श्रेष्टले गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसपछि आर्मीका लागि दक्ष लामा, चित्र बहादुर नेपाली र अनुभव पुरिले गोल गर्दै कमब्याक जित सुनिश्चित गराए।

यो जितसंगै आर्मीले पाँच खेलमा ४ अंक जोडेको छ।

उता पराजित भएको थ्री स्टार ४ अंकमा सिमित रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *