काठमाडौं । साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने काभा वुमन्स नेसन्स लिग भलिबलको खेल तालिका र ट्रफी सार्वजनिक भएको छ।

नेपाल भलिबल संघ (एनभीए)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

यस प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानकाे सहभागिता रहनेछ।

नेपालले उद्घाटन खेलमा साउन १७ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। सोहि दिन भारत र इरानबीच दोस्रो खेल हुनेछ। नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग, तेस्रो खेल साउन १९ गते इरानसँग र चौथो खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ।

लिगचरणको खेलपछि शीर्च चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएको टोलीबीच सेमिफाइनल खेल हुनेछ।

प्रतियोगितामा लिगचरणका १० सेमिफाइनल २ तथा फाइनल र तेस्रो स्थान खेल गरी कूल १४ खेल हुनेछ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपालले काभा नेसन्स लिगकै तयारी स्वरुप रुसियन महिला टिमसँग राखेप कभर्डहलमै दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *