काठमाडौ- चर्च बोइज युनाइटेडले ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा त्रीभुवन आर्मीविरुद्ध सहज जित निकालेको छ।

आज विहिबार भएको दोस्रो खेलमा चर्चले आर्मीलाई २-० गोलले पराजित गरेको हो।

एन्फा कमप्लेक्समा भएको खेलमा चर्चका लागि दावा लामा र शिशर येसमाली दुवैले हेडिङमार्फत सुन्दर गोल गरे।

यो जितसंगै चर्चले चार खेलबाट ७ अंक बटुल्न सफल भएको छ। पराजित आर्मीको मात्र १ अंक रहेको छ।

यसअघि आर्मी मछिन्द्र र मनाङसंग पराजित हुदा पुलिससंग बराबरिमा रोकिएको थियो।

त्यस्तै चर्च बोइज थ्रीस्टार पराजित गर्दा एनआरटिसंग पराजित भएको थियो। साथै संकटासंग बराबरि खेलेको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *