काठमाडौ- मछिन्द्र फुटबल क्लबले ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ।

आज विहिबार भएको पहिलो खेलमा एफसि खुमलटारलाई एन्फा कमप्लेक्समा २-१ गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो।

मछिन्द्रका लागि कबिर तामाङले गोल गर्दै अग्रता दिलाएका थिए। पवन दर्लामी मगरले गोल गर्दै खुमलटारलाई बराबरिको अवस्थामा पुर्याए। त्यसपछि रोनिक मगरले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफ्नो टिमको जीत सुनिश्चित गराए।

यो नतिजापछि मछिन्द्रले चार खेलमा ८ अंक जोडेको छ। खुमलटार भने ३ अंकमा सिमित भएको छ।

खुमलटार यसअघि एपिएफ क्लब र एनआरटसंग पराजित हुदा सातदोबाटोलाई पराजित गरेको थियो।

उता मछिन्द्रले आर्मीलाई पराजित गर्दा जावलाखेल र सातदोबाटोसंग बराबरि गरेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile