काठमाडौ- पेरिस ओलम्पिकमा फुटबलतर्फ अर्जेन्टिनाले मोरक्कोसंग बराबरि खेल्दै प्रतियोगिताको सुरुवात गरेको छ।

औपचारिक उद्घाटन हुन केहि दिन बाकि रहेपनि फुटबल भने आजबाट सुरु भएको हो।

समूह बी मा रहेको अर्जेन्टिनाले मोरक्कोसंग २-२ गोलको बराबरि खेलेको हो।

फ्रान्सको जियोफ्री गुचार्ड रंगशालामा गिलियानो सिमोन र क्रिस्टियन मेडिनाले अर्जेन्टिनाका लागि गोल गर्दा मोरक्कोका लागि सोफिएन रहिमिले दुवै गोल गरे।

यस समूहमा इराक र युक्रेन रहेका छन्।

ओलम्पिको पुरुष फुटबलमा यु-२३ टोलीको सहभागिता रहने व्यवस्थसंगै सिनियर टोलिबाट तीनजना खेलाडी राख्न पाउने व्यवस्था पनि रहेको छ। अर्जेन्टिनाबाट सिनियर टोलिबाट निकोलस ओटामेन्डि (कप्तान), युलियान अल्भारेज र गोलकिपर जर्मिनो रुइ रहेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *