काठमाडौ- फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिक खेलकुदमा भाग लिने नेपाली पारा टोलीले बेलायतको म्यानचेस्टर सहरमा प्रशिक्षण गर्ने भएको छ।

त्यसमा लागि टोलीलाई युवा तथा खेलकुदमन्त्री माननीय तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले मंगलबार बिदाइ गरेका छन् ।

पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धन र भरतसिंह महता छन् । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ छन् ।

वैदेशिक प्रशिक्षणपछि पेरिस २०२४ पारा ओलम्पिक खेलकुदमा भाग लिन नेपाली पारा तेक्वान्दो टोली अगस्ट २३ म्यानचेस्टरबाट फ्रान्स जाने तालिका छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *