काठमाडौ- बलियो टोलि भारतसँग पराजित हुँदै नेपाल एसीसी महिला एसिया कपबाट बाहिरिएको छ।

भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९६ रन सिमित भयो। जसका लागि नेपालले आफ्ना ९ खेलाडी गुमायो।

नेपालका लागि ओपनर सिता राना मगरले सर्वाधिक १८ बनाइन्। त्यस्तै बिन्दु रावलले अविजित १७ रन बनाईन्

त्यस्तै रुबिना क्षेत्रीले १५ तथा कप्तान ईन्दु बर्माले १४ रन बनाईन् ।

श्रीलंकाको डम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

यो पराजयसंगै नेपालले युएई विरुद्ध ऐतिहासिक जित निकालेको उपलब्धि लिएर घर फर्किने भएको छ। नेपालले एसिया कपमा दर्ता गरेको यो एकमात्र जित हो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *